फोनिज दोलखामा नयाँ नेतृत्व



दोलखा, (नेस) ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले पत्रकारहरूको भूमिका र जिम्मेवारी ठूलो भए पनि केही पत्रकाहरूले यसलाई गलत रूपमा प्रयोग गरेर बदनाम गराएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाको चौथो सम्मेलनको उद्घाटन गर्दै गुरुङले पत्रकारहरू इमानदार हुनुपर्ने बताउनुभयो ।

फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय कोषाध्यक्ष अम्बरध्वज लामा, बागमति प्रदेश इनचार्ज समिर वलामी, बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, प्रेस युनियन दोलखाका कार्यबाहक अध्यक्ष गोकणप्रसाद भण्डारी, प्रेस सेन्टर दोलखाका अध्यक्ष शिवकुमार भुजेल, प्रेस चौतारी नेपाल दोलखाका सहसंयोजक ताराबहादुर महतलगायतको सहभागिता रहेको थियो ।

चौथो जिल्ला अधिवेशनले अर्जुन तामाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष राजन थामी, सचिवमा धनराज तमाङ, सहसचिवमा गोविन्द थामी र कोषाध्यक्षमा लाक्पा शेर्पा चयन हुनु भएको । सदस्यहरूमा सुजन थामी, सुजिता घिसिङ, मुना गुरुङ र चण्डिका थामी चयन हुनुभएको छ ।
अधिवेशन उद्घाटनको अवसरमा फोनिज दोलखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमका ३५ जना सहभागीलाई एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङ र भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्