प्रचण्ड–ज्ञानेन्द्रबीच साँठगाँठ : ओली



काठमाडौं, (नेस) ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको आरोप लगाउनुभएको छ ।

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाउनुभएको हो । उहाँले त्यही सहमतिपछि माओवादीको कुनै अवरोधबिना तत्कालीन राजा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम गर्न पाएको टिप्पणी गर्दै भन्नुभयो– ‘उक्त सहमति के र कसका विरुद्ध भएको भन्ने सम्बन्धमा प्रचण्ड र ज्ञानेन्द्रले खुलाउनुपर्छ । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुला जान सक्ने कसरी भयो ?’

ओलीले शेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले शेयर बजारबारे बडो क्रान्तिकारी भएर बोलेको टिप्पणी पनि गर्नुभयो ।

फरक प्रसंगमा नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै कांग्रेसको गलत तत्वसँग साँठगाँठ रहेको आरोप लगाउँदै कांग्रेसलाई प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छोड्न आग्रह पनि गर्नुभयो । ओलीले अस्थिरताको संवाहक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्