एमालेका केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका मनोनित केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिएका छन् । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले मनोनित गरेको ४४ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवनमा बुधबार आयोजित एक कार्यक्रमका बीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटि बैठकमा मनोनित गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटि बैठकमा अध्यक्ष ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि प्रस्ताव गरेको ४४ जना नेताको नामलाई केन्द्रीय कमिटि बैठकले अनुमोदन गरेको थियो ।

विधानअनुसार खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित गरिएको छ । मनोनित हुनेहरूमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चूडादेव सिंह, रेशम लामा, दुर्गा प्रसार्इं, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी रहेका छन् ।

त्यस्तै, महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्