देउवालाई बधाई दिँदै थापाले गरे थिति र विधिमा पार्टी चलाउन आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रसका नेता गगन थापाले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै पार्टीलाई थिति र विधिमा चलाउन आग्रह गरेका छन् ।

‘आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु ।’, नेता थापाले फेसबुकमा लेखेका छन् – ‘समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’

प्रतिक्रिया दिनुहोस्