बधाई दिँदै पौडेलले देउवालाई भने : एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

पौडेलले सभापति देउवालाई शुभकामना दिँदै सबैलई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान दिन पनि आग्रह गरेका छन् ।

‘सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन’, पौडेलले भनेका छन् – ‘नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकबद्ध र सुदृढ नेपाली कांगेस आजको आवश्यकता हो ।’

आफू राष्टिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको समेत नेता पौडेलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्