सीजी ब्रुअरीले टिमुर बियर ल्यायो



काठमाडौं, (नेस) ।

चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलोपटक टिमुर बियर बजारमा ल्याएको छ । नेपाल आईस ब्रान्डअन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो ।

यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ । सीजी ब्रुअरीले बेला बेलामा आप्mना बियरका पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ । यस्ता उत्पादन उपभोक्ताबीच लोकप्रिय छ ।

टिमुरको स्वादमा उत्पादन गरिएको योे वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ । नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ ।

यो बियर ६५० मिलि लिटर र ३३० मिलि लिटर बोतलमा बजारमा उपलब्ध छ । यसको क्रमशः प्रतिबोतल ३४० र १७५ रुपियाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्