माध्यमिक तह शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुल्दै



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षक सेवा आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खोल्दै छ । आयोगले माध्यमिक तहको विज्ञापन खुलाउने तयारी गरेको हो । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्न सकिने भएको छ ।

आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइने छ । विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्