सभापतिको पुनःमतदानमा हालसम्म २ हजार ५ सय मत खस्यो



sf7df8f}F, @* dªl;/ . g]kfnL sfFu|]sf] !$cf}F dxflwj]zgdf ;efkltsf pd]bjf/ k|wfgdGqL z]/axfb’/ b]pjf dtbfg ug{ hfg] qmddf clejfbg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । अहिले सम्म २ हजार ५ सय मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकरी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ स्थानबाट व्यवस्था भइरहेको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि प्रयाप्त मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्