कांग्रेसको १४औँ महाधिवेशमा : ७ सय मत खस्यो



न्युज अफ नेपाल, काठमाडाै‌ं । 

काठमाडौ‌ं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो ।

साढे ४ बजेसम्म करिब ७ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । मतदानकाे  समय साँझ ७ः३० बजेसम्म ताेकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्