एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।  

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्।उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूसँग ४–५ दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षण गर्न सुझाव समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्