अन्तरआत्माको निर्णय प्रयोग गर्न कोइरालाको आग्रह

मतपरिणाम जे आएपनि स्वीकार गर्छु


न्युज अफ नेपाल, काठमाडौं।

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले अहिले आकस्मिक पत्रकार सम्मेलन गर्दैै जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका छन्  ।

उनले मतदातालाई अन्तरआत्माको निर्णय प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् । पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केहीवेरमा सभापति पदमा पुन मतदान हुँदै छ ।

सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछि डा. कोइराला अल्पमतमा पर्ने निश्चित भएको छ ।