देउवाले सकेनन् बहुमत पुर्‍याउन, सभापति पदको चुनाव दोस्रो चरणमा



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । आइतबार भएको मतदानमा जम्मा ४६७९ मत खसेको थियो । यस अनुसार उम्मेदवार विजयी हुन २३४० मत आवश्यक थियो । तर सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाएका छन् । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएको हो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४ हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य छ ।

मतगणना सकिएसँगै मतगणना स्थल बाहिर नाराबाजी भइरहेको छ ।

पहिलो चरणमा उम्मेदवारले प्राप्त गरेको मतः
मतसंख्याः ४६८१
कल्याण गुरुङ – २०
प्रकाशमान सिहं – ३७१
विमलेन्द्र निधि – २४९
डा. शेखर कोइराला – १७२९
शेर बहादुर देउवा – २२५८

प्रतिक्रिया दिनुहोस्