अपडेट : ४२७६ मत गन्दा २०४६ मतसहित देउवा अगाडि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार ४२७६ मत गणना हुँदा देउवाले २०४६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १६१५, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरूङले १९ मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४ हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्ने छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

जम्मा ४२७६ मतगणनामाः
शेरबहादुर देउवा २०४६
शेखर कोइराला १६१५
प्रकाशमान सिंह ३३५
विमलेन्द्र निधि २३८
कल्याङ गुरुङ १९