अपडेट : देउवाले कटाए १९००, कोइरालाले पाए १४६७ मत



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

३९७७ मत गणना हुँदा सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १९०० मत पाएका छन् भने शेखर कोइरालाले १४६७ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २९६ र विमलेन्द्र निधिले २३० मत पाउँदा कल्याण गुरुङले २० मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

कसले कति मत पाए?
मतगणना – ३९७७
कल्याण गुरुङ – २०
विमलेन्द्र निधि – २३०
प्रकाशमान सिहं – २९६
डा. शेखर कोइराला – १४६७
शेर बहादुर देउवा – १९००

प्रतिक्रिया दिनुहोस्