अपडेट : ३२८२ मतगणनामा देउवा र कोइरालाबीच ३५९ मतको फरक



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । ३२८२ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १५५६ मत पाएका छन् भने शेखर कोइरालाले ११९७ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् । बदर मतको संख्या ५६ छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

कसले कति मत पाए?
मतगणना – ३२८२
कल्याण गुरुङ – १७
विमलेन्द्र निधि – २०१
प्रकाशमान सिहं – २५७
डा. शेखर कोइराला – ११९७
शेर बहादुर देउवा – १५५६

प्रतिक्रिया दिनुहोस्