३१८१ मतगणनामा देउवा र कोइरालाबीच ३२८ मतको फरक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । ३१८१ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १५०६ मत पाएका छन् भने शेखर कोइरालाले ११७८ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २५४ र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १५ मत पाएका छन् । बदर मतको संख्या ५६ छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

कसले कति मत पाए?

मतगणना – ३१८१
कल्याण गुरुङ – १५
विमलेन्द्र निधि – १७३
प्रकाशमान सिहं – २५४
डा. शेखर कोइराला – ११७८
शेर बहादुर देउवा – १५०६