अपडेट : २६७७ मत गन्दा देउवाले पाए १२६५ मत, कोइराला २८५ मतले पछि



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६५ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

कसले कति मत पाए?

मतगणनामाः २६७७
कल्याण गुरुङ – १२
विमलेन्द्र निधि – १६५
प्रकाशमान सिहं – २०४
डा. शेखर कोइराला – ९८०
शेर बहादुर देउवा – १२६५

प्रतिक्रिया दिनुहोस्