देउवाको सुरुवाति अग्रता, अरू उम्मेदवारसँग बढाए मतान्तर



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १ हजार ३०६ मतको गणाना हुँदा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । जसमा देउवाले ६२६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन् ।

देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका हुन् । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्