नेचर सुपर मार्केटको तेस्रो शाखा भक्तपुरको बालकोटमा


काठमाडौं । 

नेचर सुपर मार्केट प्रा.लि.को तेस्रो शाखा सुर्यबिनायक नगरपालिका बडा नं. ३ बालकोट, अधिकारी टोलमा  खुलेको छ । सोमवार  एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३  का अध्यक्ष श्री शिवबरण खत्री एवं वरिष्ठ हास्य कलाकार, चर्चित नायिका एवं सफल निर्देशक  दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन् ।

गत वर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवी चोकबाट सञ्चालनमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडीबुटीको नर फाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव सँगालेका व्यवसायीहरूको नेतृत्वमा नेचर सुपर मार्केट सञ्चालनमा आएको हो ।

राष्ट्रले नगर बनाइसकेपछि सहरीकरण हुन स्वाभाविक हो र यस किसिमको मार्टहरू आउनु सहरीकरणको सङ्केत हो साथसाथै विभिन्न सामानहरू एउटै छातामुनि त्यो पनि सुपथ मूल्यमा पाउने तथा उपभोक्ताहरूलाई हरेक सामानको मूल्य स्वतः जानकारी हुने हुनाले यस किसिमको मार्टको आवश्यकता रहन्छ र नेचर सुपर मार्केट खुलेको छ आज यहाँ उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपर मार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरू ग्राहकमाझ उपलब्ध गराउने प्रा।लि।का अध्यक्ष जनक धामीले जानकारी दिए । ‘बालकमोट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पुर्‍याउनेछ,’ उनले भने ।

प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रा. ले खाद्यान्न तथा ग्रोसरी सामानहरूमा  ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ ।