२४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौ‌ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३१३ र २ हजार ८२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३७६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।