वरिष्ठ नेता पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । संस्थापनइतर खेमाको नेतृत्व गर्दै आएका वरिष्ठ नेता पौडेलले मतदान नगर्ने उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए ।

आफूपनि सभापतिको आकांक्षी रहेका पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । तर, आफ्नै समूहमा सहमति नजुटेपछि उनले प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न १३४ पदका लागि आज चुनाव हुँदैछ ।