नयाँ पिंढीले आजीवन धुम्रपान गर्न नपाउने

0
Shares

अकल्यान्ड, (एजेन्सी) ।

न्युजिल्यान्डले आफ्नो राज्यका नयाँ पिंढीलाई सुर्ती बेचबिखनमा प्रतिबन्ध लगाएर अन्ततः मुलुक बाट नै धुम्रपानलाई बिदा दिने लक्ष्य लिएको छ । अबदेखि सन् २००८ पछि जन्मेका जो कोहीले आजीवन चुरोट र अन्य सुर्तीजन्य उत्पादन खरिद गर्न नपाउने भएको छ । आगमी वर्षदेखि यो कानुन कार्यान्वयनमा ल्याइने आशा गरिएको छ ।

स्वास्थमन्त्री डा. आएसा भेरलले भनेकी छन् – ‘हामी नवयुवाहरूले अब कहिल्यै पनि धुम्रपान शुरू नगरोस् भन्ने चाहान्छौं ।’ हालै न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले धुम्रपान माथि कडा नीति अपनाउन गरिएको घोषणाको एक अंशको रूपमा यो कदम चालिन लागेको हो ।

डाक्टरहरू र अन्य स्वास्थ्य विशेषज्ञहरूले मुलुकमा सुर्तीको पहुँच घटाउन र चुरोटमा निकोटिनको मात्रा नियन्त्रिण गर्न तथा विश्वमै उदाहरणीय यस सुधार कार्यको खुल्ला हृदयले स्वागत गरेका छन् । युनिभर्सिटी अफ ओटागोका प्राध्यापक ज्यानेट हुकले अब जनतालाई धुम्रपान छाड्न या कम हानीकारक उत्पादन प्रयोग गर्न मद्दत पुग्ने तथा युवाहरूमा निकोटिनको कुलत लाग्ने सम्भावना कम हुने विचार व्यक्त गरेका छन् ।

सरकारको सुर्ती माथिको यस दमनकारी नीतिलाई लिएर मिश्रित प्रतिक्रियाहरू प्राप्तभएका छन् । न्युजिल्यान्डले आगामी सन् २०२५ मा राष्ट्रिय धुम्रपान दरलाई ५ प्रतिशतमा घटाउने राष्ट्रिय लक्ष्य हासिल गर्ने दृढता जनाएको छ ।