कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन दर्ता हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । बिहान १० बजे देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मंसिर २६ गते आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ ।

१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुने छ । आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुने छ ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यसअघि शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्