एनआईबीएल एस क्यापिटलद्वारा च्याटबोट सेवा सञ्चालन

0
Shares

काठमाडौं ।

एनआईबीएल एस क्यापिटलले च्याटबोट सेवा सञ्चालन गरेको छ । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै च्याटबोट सेवा ल्याएको क्यापिटलले जनाएको छ ।

यस च्याटबोट सेवाबाट ग्राहकले कम्पनीको सेवाको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थितिबिना नै सेवा लिन सहज हुनसक्ने कम्पनीको दाबी छ ।

परिस्कृत सेवा सुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्ससमेतको प्रयोगले ग्राहकको आवश्यकताअनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।