न्युज अफ नेपाल, काठमाडौं ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई अब २ वर्ष मात्रै जेल राखिनेछ । म्यानमारको सैनिक अदालतले नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलामा सुनाईको जेल अवधिमा आधा घटाइएको छ ।
सैनिक अदालतले गरेको उक्त निर्णय बारे म्यानमारको राष्ट्रिय टेलिभिजनहरुले पनि पुष्टि गरेका छन् । सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले सुकीलाई दुई फरक आरोपमा समान ४ वर्षको जेल सजाय सुनाएको थियो ।
७६ वर्षीया सुकीलाई गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता कब्जा गरेपछि नजरबन्दमा राखिँदै आएको थियो । म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया