आफ्नै चित्र हेरे दङग ‘सत्यमोहन वा’ 


ईश्वरराज ढकाल, काठमाडौं ।

दुई वर्ष अघि माघ १५ गते कोरिएका चार सय मध्ये छानिएका ४० चित्रहरूको सङ्ग्रह क्यान भासमा ‘सत्यमोहन बा’ प्रदर्शनीमा राखिएको छ । आफ्नै फोटो हेरेर दङ्ग परेको सत्यमोहन बाले चित्रकारलाई धन्यवाद मात्र दिनुभएन । यो त मेरो जीवनको पहिला अनुभूति भएको बताउनुभयो ।

 ‘आफ्ना जीवन रहँदै कोरिएका चित्रहरू प्रदर्शन गरिनु आज सम्मको सबैभन्दा सफल दिन रहेको छ, यसको लागि योङ पिकासोका निर्देशक अजय देशारलाई धन्यवाद दिन चाहन्छु । यसले मेरो खुसीको सीमा नाघेको छ । जीवनको उत्तरार्धमा म  र मेरो जीवन प्रति गरेको कामको बयान गरेर साध्य छैन ।  म मात्र होइन यस्ता जीवित विषयलाई  “योङ पिकासो जस्ता अन्यसंस्थाले पनि गाउँ गाउँमा पुगरे यस्ता सिर्जनसिल प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ–उहाँको भनाई थियो  ।”

 पिकासोका निर्देशक एवं कलाकार देशारले जोशीका बाल्यकालदेखि हालसम्म चित्र तयार गरेको बताउनुभयो । मेरा विद्यार्थीको अथक मेहेनतको कारण सत्यमोहन वा का जीवित अवस्थाका त्रिच कोर्न पाएका छौ । उहालेनै आफ्ना विभिन्न पोज–पोजको फोटो हेर्न पाउनुभएको छ । यो नै म र मेरो संस्थाको लागि ठुलो भाग्य हो–उहाँको भनाई थियो । तेल, पानी,  सिसाकल र एक्रिलिकको प्रयोग चित्र बनाउदा त अति राम्रो देखियो आफुले बनाएको चित्र देखाउदै कलाकार देशारले भन्नुभयो–म आफै अति खुसी भएको छु ।

“चित्र कलामा भागलिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै देशारले भन्नुभयो–आज ऊर्जा तथा जलस्रोत  मन्त्री पम्फा भुषाल ज्युले चित्रकलाको उद्घाटन गर्नुभएको छ । सरकारले केही योगदान दिन्छ होला । जोशीका सो चित्रहरू बिक्री गरी प्राप्त रकम मध्य  ३५ प्रतिशत कलाकार लाई दिने घोषणा गर्नुभयो ।

 प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भुसालले नेपाली कला अभिवाङ्मयको क्षेत्रमा जोशीले पु-याउनुभएको योगदानको कदर गर्दै उहाँको यो चित्र सहितको पुस्तिका अन्तर्राष्ट्रिय विमानस्थल, विदेश उडान भर्ने विमान, पर्यटन बोर्ड, राष्ट्रिय पुस्तकालय र स्थानीय पुस्तकालयमा राख्न पहल गर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो– “मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ उहाँको यो पुस्तकलाई विश्वबजारमा पु-याउन व्यक्तियत रुपमा म र सरकारले सहयोग गर्नेछ ।

सत्यमोहन लोक साहित्य भवनमा चित्रकलाको उद्घाटन गरेपछि मन्त्री भुसालले  योङ पिकासोलाई व्यक्तिगत तर्फबाट  ५० हजार सहयोग गर्ने  घोषणा गर्नुभयो । ललितपुर क्षेत्र नं २का सांसद कृष्णलाल महर्जनले मुलुकका युवाहरूमा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासको लागि गरेको कामहरू उदाहरणीय रहेको बताउनुभयो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अजर मान जोशीले कलाकारले सत्यमोहन जोशीको फरक फरक फोटो तयार गरेर कला क्षेत्रमा विशेष काम गरेको बताउनुभयो ।