विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत प्रहरी जवान राजेन्द्र केसी पक्राउ रहेका छन् ।

उनी विदेशबाट फर्किएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।