नयाँदिल्लीमा पनि एक जनामा भेटियो ओमिक्रोन


न्युज अफ नेपाल, काठमाडौं ।

हालसम्म विश्वका ३९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ ।भारतक नयाँदिल्लीमा एक जनामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण देखिएको छ ।

 तान्जिनियाबाट फर्किएका एक व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

यसलाई डब्ल्युएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए ।

अहिले विश्वभरका दर्जनौँ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।