राप्रपा महाधिवेशनः लिङ्देनको अग्रता


न्युज अफ नेपाल, काठमाडौं ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतगणना सुरू भएको छ ।नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् ।

२०७८ मंसिर १५ गते बुधवारदेखि सुरू भएको महाधिवेशनमा मंसिर १८ गते शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो । निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई जिताऔं अभियानका अनुसार, जम्मा १०५० मत गन्दा राजेन्द्र लिङ्देनले ५१७ मत पाएका छन् भने कमल थापाले ४३१ मत पाएका छन् । मतगणनाको सुरूमै राजेन्द्र लिङ्देनले कमल थापालाई ८६ मतले पछि पारेका छन् ।