काठमाडौंको नयाँबजारस्थित गार्मेन्ट उद्योगमा भीषण आगलागी


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे आगलागी भएको हो ।आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ । प्रहरी पनि आयोग नियन्त्रणमा खटिएको छ ।

ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आइसकेको छैन ।