आज राप्रपाको उम्मदवारी दर्ता, भाेलि मतदान हुने


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । यससँगै महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन आज बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ। मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने छ  ।

महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेको नाम दुबै प्यानलमा छ ।थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लडदैछन् ।