अनेरास्ववियुद्धारा त्रिवि पदाधिकारीको कार्यालयमा तालाबन्दी


काठमाडौं ।  नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटालगायत पदाधिकारीको कार्यकक्षमा ताबन्दी गरेको छ ।

करार उपप्रध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र रजिष्टारको कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबहाक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै करारलाई स्थायी गर्ने निर्णय फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न माग गरेका छन् । माग सुनुवाइ नभएसम्म तालबन्दी कायमै रहेन उनीहरूले बताएका छन् ।