इजलासमा फर्किएका न्यायाधीशहरूसँग छलफल गर्दै बार


न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाल बार एसोसिएसनले इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ।

सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोज शर्मा र कुमार चुडाल इजलास फर्किएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको मागबाट पछि नहटे पनि न्यायका सेवाग्राही समस्यामा परेको भन्दै इजलासमा फर्किएका न्यायाधीशहरूसँग बारले छलफल गर्न लागेको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिए ।