न्यायालयको समस्या न्यायालयबाट समाधान गर्नुहोस् : अध्यक्ष प्रचण्ड


न्युज अफ नेपाल,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस् भन्ने चाहेको बताएका छन् । प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने मनसाय राखेको बताएका हुन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस् भन्ने चाहेको बताएका छन्।

प्रचण्डलाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार सार्वजनिक बिदा दिइएपछि आलोचना भएको छ।