प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


न्युज अफ नेपल, काठमाडौं ।

प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्।त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थियो।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ।