नेप्सेमा हरियाली, परिसूचक ६९ अङ्कले बढ्यो


न्युज अफ नेपाल, काठमाडौं ।

सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। यसदिन नेप्से ६९.२२ अंकले बढेर १७ सय ८४.५७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ।

यसदिन २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड मूल्य बराबरमा खरिदबिक्री भएको छ।  यसदिन कारोबारमा आएका १३ समूहको परिसूचकमा हरियाली छाएको छ। अन्यको सर्वाधिक ५.९५ र जलविद्युत समूहको ५.३९ प्रतिशतले सेयर मूल्य बढेको हो ।

यस्तै वित्त समूहको सेयर मूल्य ३.२१ प्रतिशतले बढेको छ भने विकास बैंकको २.०२, होटल तथा पर्यटनको २.१४ र व्यापारको २.०४ प्रतिशतले मूल्य बढेको छ। बाँकी अन्य समूहको पनि सोमबारको तुलनामा मंगलबार सेयर मूल्य बढेको छ।