प्रदेश २ का मन्त्री रामनरेश राय बर्खास्त


न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएकाे छ ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो। मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ। यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगो लागिनसकेको स्रोतले जनायो ।