सर्वोच्च अदालतका ४ न्यायाधीश इजलासमा फर्किए


न्यज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित सर्वोच्च अदालतका ४ न्यायाधीश इजलासमा फर्किएका छन्। उनीहरुले मुद्दाको सुनुवाइ थालेका छन्। न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् ।

प्रधानन्यायाधीश जबराले उनीहरुको इजलासमा सबै प्रकृतिका मुद्दाको पेशी तोकेका छन्। सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा छन् ।