मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


भक्तपुर ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान सवा चार बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक सुनकोशी ७ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा मृत्यु भएको हो ।मोटरसाईकल गठ्ठाघरतीरबाट ठिमीतर्फ गईरहेको थियो । शब पोष्ट मार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको प्रहरीले जनाएको छ ।

असावधानीपुर्वक सवारी चलाउँदा मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।