पेरिसले गरिन् बिहे

0
Shares

हलिउड अभिनेत्री पेरिस हिल्टन विवाह बन्धनमा बाँधिएकी छिन् । ४० वर्षीया उनले आफ्नै उमेरका प्रेमी तथा अमेरिकी लेखक कार्टर रेमका साथ लस एन्जलसमा हालै विवाह गरेकी हुन् ।

विवाहको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले प्रेमी कार्टर रेमबारे लेखेकी छिन् ‘कार्टर र म १५ वर्ष भन्दा लामो समयदेखि एक–अर्काका साथीको रूपमा रहेका थियौं। सन् २०१९ मा एक कार्यक्रमका क्रममा भएको फोटो शुटपछि उनले मलाई प्रेम प्रस्ताव राखेका थिए।’ उनको विवाहको खबरपछि सामाजिक सञ्जालमा फ्यानहरूले उनलाई वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्। पेरिस अभिनेत्री मात्र नभई मोडल, गायिका, सञ्चारकर्मी तथा व्यवसायी पनि हुन् ।