यसरी निर्माण हुँदैछ बनेपामा १६ सय सिँढी (भिडियो-तस्वीरसहित)

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकाले आफ्नो गौरवको आयोजना अन्र्तगत बनेपा नगरपालिका वडा नम्वर ५ र ६ मा निर्माण शुरु गरेको १६ सय सिँढीलाई राखेको छ । धार्मिक तथा पर्यापर्यटनको उदेश्यले निर्माण शुरु गरिएको सिँढी मार्फत नगरपालिकाले नागरिकहरुको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ ।

‘आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्यका लागि धार्मिक हिसावले पनि १६ सय सिँढी निर्माण गरिएको छ’–बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले भन्नुभयो–‘ऐतिहासिक चण्डेश्वरी मन्दिरको प्रवेशद्वारबाट बनेपाको गोसाईस्थानसम्म जोड्ने दुई ठुला धार्मिक स्थलहरुमा पुग्न सिंढीले सहज बनाएको छ ।’ मन्दिर तथा धार्मिक स्थलसँगै धार्मिक वनका रुपमा चण्डेश्वरी र गोसाईस्थानको साुमदायिक बनलाई लिईन्छ । रक्तचन्दन, गुराँस तथा अन्य मसलायुक्त रुखहरुको बाक्लो जंगलको बीचबाट निर्माण गरिएको सिँढी आर्कषक छ । बनको मापदण्ड भित्र रहेर एउटा पनि रुख नमासिकन निर्माण गरिएका एक हजार सिँढीले प्रारम्भमै सर्वसाधारणको ध्यानाकर्षण गरेको छ । चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

‘बनेपाको गौरवको आयोजनाका रुपमा सिँढी निर्माणलाई लिएका छौं’–उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘चण्डेश्वरी मन्दिर देखि गोसाईस्थानसम्मको मार्गलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सिँढी निर्माण गरिएको हो । दुबै धार्मिक स्थलमा आउने पर्यटकहरुका लागि उक्त सिँढीको मार्गबाट ओहोर दोहोर गर्न सहज हुनेछ ।’ ‘सिँढीमा विद्युत्त, खानेपानी, बस्ने स्थानहरु, रेलिङ्ग, पानीको ड्रेन लगायतका संरचना निर्माण हुनेछ’–प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘माटोमा खनिएका सिँढीहरुलाई पक्कि सिँढी निर्माण गरी पर्यापर्यटनसँग जोड्ने मुख्य उदेश्य हो ।’ दुई चरणमा उक्त सिंढीको संरचना निर्माणका लागि बोलपत्र आब्हान गरिएको थियो । रोजगारी सिर्जना समेत गर्ने उक्त योजनालाई गौरवको योजना मानेर निर्माण गरिएको छ । नयाँ वर्षको प्रारम्भ देखि नै उक्त सिंढी मार्ग संचालनमा आउने छ ।

बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारीले बनेपा आसपासका क्षेत्रहरुको समेत अवलोकन गर्ने गरी स्थानीय आयआर्जनमा समेत टेवा पुग्ने गरी सिंढी निर्माण गरिएको छ । बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयामा उक्त आयोजना निर्माण शुरु गरिएको हो । योजना अधकिृत शर्मिला बन्जाडे, ईन्जिनियरचन्दन ह्याजु, जनप्रतिनिधि, प्राबिधिक र स्थानीयहरुले आयोजनाको स्थलगत अनुगमन गरी समयमै सम्पन्न गर्न निर्माण ब्यवसायीलाई सहजिकरण गर्ने बताएका छन् । ८ फिट चौडाई, दायाँ बायाँ रेलिङ्ग, साईड ड्रेन, पार्किङ, बगैंचा, सार्वजानकि शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु सिँढीको आसपास निर्माण हुनेछ । सिंढीको लम्बाई डेड किलोमिटर छ ।