रुसी राष्ट्रपति पुटिनले अर्को महिना भारत भ्रमण गर्ने सम्भावना

0
Shares

इन्डिया न्युज नेटवर्क ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्षिक द्विपक्षीय शिखर वार्ताका लागि डिसेम्बरमा भारत भ्रमण गर्ने सम्भावना रहेको छ । शिखर सम्मेलन अघि, भारत र रुसले दुई प्लस टु परराष्ट्र र रक्षा मन्त्रीस्तरीय वार्ता गर्न सक्नेछन् जसको लागि मिति र स्थान अझै टुंगो लागेको छैन ।

दुई प्लस टु वार्ताले दुई देशबीचको समग्र विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीमा नयाँ गति दिने अपेक्षा गरिएको छ । रुसी राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

जुन महिनामा रुसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको शिखरस्तरीय बैठकका लागि जेनेभाको भ्रमण गरेका थिए । रुसी राष्ट्रपति पुटिनको यो भारत भ्रमण दोस्रो विदेश भ्रमण हुनेछ ।

यस वर्षको अन्त्यसम्ममा एस–४०० वायु रक्षा प्रणालीको पहिलो खेप भारत आइपुग्ने हुनाले पनि यो भ्रमण हुन लागेको हो । सन् २०१८ मा, पुटिन अन्तिम पटक वार्षिक शिखर सम्मेलनका लागि भारत आएका थिए । गत वर्ष कोभिड–१९ संकटका कारण वार्षिक शिखर सम्मेलन हुन सकेन ।

जापान र रुससँग मात्र भारतको वार्षिक शिखर सम्मेलनस्तरीय संयन्त्र स्थापित छ । भारत र रुसले हालसम्म २० वटा वार्षिक शिखर सम्मेलन सम्पन्न गरिसकेका छन् ।

सन् २०१९ मा, प्रधानमन्त्री मोदीले रुसको सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको भ्रमण गरेका थिए । त्यस क्रममा मोदी पाँचौं पूर्वी आर्थिक मञ्चको लागि सम्मानित अतिथि पनि बनेका थिए । जहाँ भारतले रुसको विकासमा भारतीय व्यापार सहभागितालाई बढावा दिन १ अर्ब अमेरिकी डलरको ऋण रेखाको घोषणा गरेको थियो ।