प्रधानन्यायाधीश वार्ताकाे आह्वानले भ्रष्टाचार लुकाउने प्रयास : पूर्वन्यायाधीश फोरम


न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शम्शेरराणबाट वार्ताका लागि गरिएको आह्वानलाई न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास ठहर गरेको छ ।

यसले न्यायालयको हित नगर्ने भन्दै फोरमले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन हुनैपर्ने अडान दोहोर्‍याएको छ । प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिएको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरिएको छ ।

‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं । जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ,