यी हुन ललितपुर निर्वाचन क्षेत्रका महाअधिवेशन प्रतिनिधि



न्युज अफ नेपाल, ललितपुर ।

नेकपा (एमाले) का १८ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागि ललितपुर क्षेत्र नम्बर १ , २ , ३ र मुक्तिसमाजबाट प्रतिनिधि छनौट भएका हुन् ।

तीनवटा निर्वाचन क्षेत्रमध्ये १ र २ मा निर्बिरोध भएका थिए । ३ नम्बर निर्वाचन क्षेत्रमा मात्र निर्वाचन भएको थियो । निर्वाचनमा बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ बाट संघीय सांसद नबराज सिलवाल, मधुसुदन पौडेल, प्रदेश सांसद चेतनाथ सञ्जेल, रामचन्द्र दाहाल, पाटी ललितपुर सचिव पुरुषोत्तम आचार्य, तारा सञ्जेल, अन्नपुर्ण बस्नेत चयन भएका छन् ।क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, चिरञ्जिवी आचार्य, राम राउत, महानगर कमिटी अध्यक्ष मञ्जरी शाक्य चयन भएका छन् । मुक्ति समाजकोटाबाट दिनेश आछामी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्