बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई इजलासमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पत्र लेखेको छन्  ।

आन्दोलनरत नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको हो  ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गरि बेञ्चमा नबस्न, बेञ्‍च  नतोक्न भनि माग गरिरहेको र नीजले सम्मानीत संस्था सम्मानीत पदको दुरुपयोग गरी समग्र न्यायपालिकाको गरिमा, जनआस्था धुलीसात पारेकाले सबैको विश्वास गुमाएको नीजले तोकेको बेञ्‍चमा बसी सुनुवाइ नगर्नु हुन निर्णयानुसार हार्दिक अनुरोध गर्दछौं।’ पत्रमा भनिएको छ ।