प्रधानन्यायाधीश जबराद्धारा कानुन व्यवसायीहरुलाई वार्तामा आउन आह्वान


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बार एशोसियसनलाई वार्ताका लागि आह्वान गरेका छन् ।

आफूविरुद्ध राजीनामा माग्दै तीन सातादेखि कानुन व्यवसायीहरु आन्दोलित भइरहेका बेला जबराले सोमबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका हुन ।

पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आव्हान गर्दछु’, जबराले विज्ञप्तिमा भनेका छन् ।