प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक गेटबाट प्रवेश


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका हुन । उनी कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् ।

कानून व्यवसायीहरुले जबराको बहिर्गमन नभएसम्म भोकभोकै रहेर भए पनि आन्दोलन जारी राख्ने बताएका छन्। बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ ।