कोरोनाबाट बच्न भिडियोमा हे दैव

0
Shares

हेटौंडा, (नेस)।

गायक घनश्याम ढकाल र गायिका सुनीता शर्मा लुइँटेलको स्वरमा रहेको हे दैव बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कोरोना भाइरस संक्रमणबाट बच्न सचेतनामूलक विषयवस्तु देखाइएको भिडियो हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयको सहयोगमा स्टेटभिजन प्रालिले भिडियो तयार पारेको हो। गायक ढकालकै शब्द, संगीत रहेको म्युजिक भिडियोमा स्थानीय कलाकारको अभिनय छ। पत्रकार सम्मेलनमा वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाईंले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्‍याउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गर्न सहयोग गरिएको बताए।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति उपाध्यक्ष रूपेश दुलाल र स्टेटभिजन प्रालिका गिरिजा अधिकारीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्‍याउने उद्देश्यले म्युजिक मिडियो निर्माणमा सहयोग पुर्‍याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे।