अभिनय कार्यशाला



लमजुङ, (नेस)।

मञ्जरी नाट्य समूह लमजुङले सदरमुकाम बेसीशहरमा निःशुल्क अभिनय कार्यशाला गर्ने भएको छ। नाट्य क्षेत्रमा नयाँ जनशाक्ति उत्पादन गर्ने लक्ष्यसहित १५ दिने अभिनय कार्यशाला गरिने मञ्जरी नाट्य समूहका कोषाध्यक्ष संजोग लामिछानेले बताए।

उनका अनुसार कार्यशालामा नाट्य क्षेत्रका राष्ट्रिय ख्यातीप्राप्त कलाकार एवं प्रशिक्षकले प्रशिक्षण दिनेछन्। जिल्लामै पहिलो पटक थिएटर नाटक मञ्चन गरेको मञ्जरी नाट्य समूह लमजुङले आगामी मंसिर १ गते देखि १५ गतेसम्मका लागि निःशुल्क अभिनय कार्यशाला गर्ने भएको हो। मञ्जरी नाट्य समूहले पानीघट्ट, फड्केजस्ता उत्कृष्ट थियटर नाटक मञ्चन गरिसकेको छ भने सोहि समूहले सुर्खेतमा पुगेर नौगेडी नाटक समेत मञ्चन गरेको छ।

प्रतिक्रिया दिनुहोस्