ट्यालेन्ट शो

0
Shares

लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२१ का प्रतियोगीले राजधानमा आ–आफ्नो प्रतिभा देखाएका छन्। ट्यालेन्ट शोअन्तर्गत उनीहरूले नृत्य, गायन, वक्तृत्वकलाजस्ता विभिन्न विषयमा आफ्नो प्रतिभा देखाएका हुन्।

ट्यालेन्ट राउन्डको निर्णायकमा नृत्य निर्देशक राजु महर्जन, मेकअप आर्टिस्ट झुमा थापामगर, गायक सुरज थापा र पत्रकार कुवेर गिरी रहेका थिए। ९ वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगिताको ट्यालेन्ट राउन्डका प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन्।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी मंसिर ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ। आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, मोडल तथा कोरियोग्राफर राज फैजुको कोरियोग्राफी र श्रीषा बैदार फैजुको डिजाइन रहेको आकर्षक परिहनमा प्रतियोगी र्‍याम्पमा उत्रिनेछन्।

प्रतियोगिताको शीर्ष विजेताले उपाधिको साथ यसै वर्ष इन्डोनेसियाको बालीमा आयोजना हुने लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलावा विभिन्न उपहारसमेत प्राप्त गर्नेछन्। प्रतियोगितामा विभिन्न उप–विजेतासमेत छानिने आयोजकले जनाएका छन्।